National life
cg eloctronics

सागर डिष्टिलरीले आईपीओ जारी गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ भदौ २०८२, मङ्गलबार
1.1kShares
सागर डिष्टिलरीले आईपीओ जारी गर्दै
ncell

काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको रु. १०० अंकित दरमा ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले यसमध्ये ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कर्मचारीका लागि छुट्याएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत वा ‘मेरो सेयर’ प्रणालीमार्फत दिन सकिनेछ । आईपीओ निष्कासन बन्द छिटोमा भदौ २९ गते र ढिलोमा असोज ३ गते हुने जनाइएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ । यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि साउन २८ देखि भदौ १ गतेसम्म आईपीओ निष्कासन गरिसकेको छ, जसको बाँडफाँड भइसकेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?