National life

सात महिनामा निर्जीवन बीमकको व्यवसायमा सवा २४ अर्ब बढी, शिखर र सगरमाथाबिच टक्कर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ फागुन २०८१, सोमबार
730Shares
सात महिनामा निर्जीवन बीमकको व्यवसायमा सवा २४ अर्ब बढी, शिखर र सगरमाथाबिच टक्कर
ncell

काठमाडौँ। चालु आर्थिक वर्ष चालु २०८१।०८२ को माघसम्ममा निर्जीवन बीमकहरुले सवा २४ अर्ब रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले १६ लाख २१ हजार ६७९ वटा बीमालेख जारी गरेर ७ महिनाको अवधिमा २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

गत वर्षको सोही अवधिसम्म कम्पनीहरूले २२ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरूको व्यापार ७.८० प्रतिशतले बढेको हो ।

माघसम्मको अवधिमा कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच टक्कर देखिएको छ। यो अवधिमा १० वटा बीमकको व्यापारमा वृद्धि भएको छ भने ४ वटा बीमकको व्यापारमा गिरावट आएको हो ।

यस अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको व्यवसायमा वृद्धि भएको छ । कम्पनीको व्यवसायमा ८.१६ प्रतिशतले वृद्धि भएर तीन अर्ब १३ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँको व्यवसाय गरेको थियो।

त्यस्तै, व्यापारको आधारमा दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ९.९३ प्रतिशतले बढेको छ। गत वर्ष कम्पनीले २ अर्ब ६७ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

त्यस्तै, सिद्धार्थ प्रिमियर कम्पनीले समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापारमा ७.८२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २६ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

साथै, चालु आर्थिक वर्षको माघसम्म आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब २ करोड ६८ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सले १ अर्ब ९२ करोड १८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ९५ करोड २ लाख रुपैयाँ,  एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड १६ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५२ करोड ५२५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ४० करोड १४ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब २५ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। समीक्षा अवधिसम्ममा बाकी रहेका प्रभु इन्स्योरेन्सले १ अर्ब ३ करोड ८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ९४ करोड ५ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
730SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?