National life

साना तथा मझौला कम्पनीको सेयर निष्कासन नियमावली लागू, यी हुन विशेषता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ माघ २०८१, बिहिबार
461Shares
साना तथा मझौला कम्पनीको सेयर निष्कासन नियमावली लागू, यी हुन विशेषता
ncell

काठमाडौं। साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ लागू भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले माघ ३ गतेबाट लागू हुने साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ जारी गरेको छ। सो नियमावली कार्यान्वयनका लागि सेबोनले नेपाल स्टक एक्सचेञ्ज तथा सीडीएस एन्ड क्लियरिङलाई पत्राचार पनि उल्लेख छ ।

नियमावलीको मस्यौदा अनुसार साना तथा मझौला संगठित संस्था धितोपत्र बोर्डमा दर्ता हुनका लागि त्यस्ता संस्थाको चुक्ता पुँजी बढीमा २५ करोड रुपैयाँसम्मको हुनेछ। तर, साना तथा मझौला संगठित संस्थाको उपस्थिति र बजारको अवस्था हेरेर बोर्डले चुक्ता पुँजीको सीमा हेरफेर गर्नसक्ने उल्लेख छ ।

Royal Enfield
nic asia capital

यस्ता संस्थाले जारी पुँजीको न्यूनतम ३० देखि ४९ प्रतिशतसम्म आईपीओ जारी गर्नुपर्ने व्यवस्था गरिएकोछ । यी कम्पनीले निष्कासन गर्ने धितोपत्रको प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ नै हुनेछ। यस्ता कम्पनीले सार्वजनिक निष्कासन गर्दा निश्चित शर्त पूरा गर्नुपर्ने छ। ‘पब्लिक कम्पनीका रुपमा आफ्नो उद्देश्यअनुसार कारोबार सञ्चालन गर्नका लागि आवश्यक कार्यअगाडि बढाइ एक आर्थिक वर्षको पूर्ण अवधि पूरा गरेको हुनुपर्ने छ,’ मस्यौदामा भनिएको छ, ‘तर साविकमा प्राइभेट लिमिटेड कम्पनीका रुपमा दर्ता भई कारोबार सञ्चालन गरेको कम्तीमा दुई आर्थिक वर्ष पूरा भई पब्लिक लिमिटेडका रुपमा एक आर्थिक वर्ष पूरा हुन आवश्यक पर्ने छैन।’

साना तथा मझौला संगठित संस्थाले पुँजी वृद्धिका लागि हकप्रद निष्कासन गर्न सक्ने व्यवस्था समेत नियमावलीमा गरिएको छ। नियमावलीअनुसार यस प्रावधानबाट आईपीओ जारी गर्ने संगठित संस्थाले क्रेडिट रेटिङ नगरे पनि हुनेछ। रेटिङ गर्न भने बाध्य पारिने छैन। तर बोर्डले आवश्यक देखेमा भने संगठित संस्थालाई आईपीओ जारी गर्नुअगाडि क्रेडिट रेटिङ संस्थामार्फत रेटिङ गराउन निर्देशन दिन सक्ने व्यवथा छ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2025/01/kSwnp1PTFJCWmEWwQ2HuryT09v1GwhOeChu634QP-1_compressed-3_compressed-compressed-1-compressed-1737019895.pdf" title="kSwnp1PTFJCWmEWwQ2HuryT09v1GwhOeChu634QP-(1)_compressed-(3)_compressed-compressed-(1)-compressed-1737019895"]

यो समाचार शेयर गर्नुहोस्
461SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?