National life
cg eloctronics

साल्ट ट्रेडिङले विविध कार्यक्रम गर्दै ६३औँ वार्षिकोत्सव मनाउँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ भदौ २०८२, आइतबार
502Shares
साल्ट ट्रेडिङले विविध कार्यक्रम गर्दै ६३औँ वार्षिकोत्सव मनाउँदै
ncell

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नो ६३औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

साल्ट ट्रेडिङ कर्पाेरेशनले मिर्गाैलासम्बन्धी समस्या भएका रोगीका लागि रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । कर्मचारी र उनीहरूका परिवारलाई प्रोत्साहन गर्न "उत्कृष्ट कर्मचारी पुरस्कार," "हेमबहादुर मल्ल पुरस्कार" र "ईश्वरलाल पुरस्कार" जस्ता सम्मान प्रदान गर्दै आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, बालबालिकाको हितमा काम गर्ने संघसंस्था तथा व्यक्तिहरूलाई हरेक वर्ष "बालहितकारी पुरस्कार" द्वारा सम्मान गर्दै आएको पनि उनले जानकारी दिए । एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने कर्मचारीका सन्तानहरूलाई पनि पुरस्कृत गरिने उनले बताए ।

आगामी चाडपर्वहरू दशैं, तिहार र छठलाई लक्षित गरी कर्पोरेसनले सुपथ मूल्यका पसलहरू सञ्चालन गर्ने घोषणा गरेको छ। नेपाल सरकारसँगको समन्वयमा सञ्चालन हुने यी पसलहरू भदौ ३० गतेदेखि देशभरका ३८ स्थानमा खुल्नेछन्। चाडपर्वको समयमा उपभोक्ताहरूलाई हुन सक्ने ठगीबाट जोगाउने र गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउने लक्ष्यका साथ यी पसलहरू सञ्चालन गर्न लागिएको राजभण्डारीले बताए।

यी सुपथ मूल्य पसलहरूमा सरकारले तोकेका विभिन्न खाद्य वस्तुहरूमा विशेष छुट प्रदान गरिनेछ। जसअनुसार चिनीमा प्रति किलोग्राम ५ रुपैयाँ, नुनमा प्रति किलोग्राम २ रुपैयाँ तथा गेडागुडी र चिउरा जस्ता खाद्य वस्तुहरूमा प्रति किलोग्राम ७ रुपैयाँ छुट दिइनेछ।

सूचना अधिकारी राजभण्डारीले सम्पूर्ण उपभोक्ताहरूलाई यी सुपथ मूल्य पसलहरूबाट लाभ लिन आग्रह गरेका छन् । उनले चाडपर्वको समयमा नठगिन र गुणस्तरीय सामान सुपथ मूल्यमा खरिद गर्न कर्पोरेसनका आधिकारिक बिक्री केन्द्रहरूमा आउन अनुरोध गरेका छन् ।

https://www.tiktok.com/@aarthikvoice.com/video/7547284174353206544

https://www.tiktok.com/@aarthikvoice.com/video/7547266446456261904

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?