साल्ट ट्रेडिङ कर्पोरेसनको ५८ औँ वार्षिक साधरणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष प्रदिपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखा नीति उपर छलफल गरी पारित गरेको छ ।
कर्पोरेसनको कारोबारको विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले २०८०/२०८१ को कारोबार समष्टिगतमा मूल्यांकन गरी व्यापारिक कारोबार सन्तोषजनक रहेको र वित्तीय क्षेत्रको लगानी पनि उपलब्धिमूलक रहेको अवगत गराएका छन् ।
अध्यक्ष श्रेष्ठले नुन, खाद्य बस्तु, रासायनिक मल तथा अन्य वस्तुको गरी रु १३ अर्ब १५ करोड ३ लाख बराबरको कारोबार गरेको जानकारी दिएका छन् । कर्पोरेशन उक्त वर्ष रु १ अर्ब ४करोड ९७ लाख नाफा आर्जन गर्न सफल भएको थियो ।
साथै सुनकोशी नदी लगायतमा आएको भीषण बाढीले जन धनको व्यापक क्षति पुर्याएकोमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेशन र कर्मचारीहरूका तर्फ बाट समेत रु ६० लाख उपलब्ध गराएको थियो ।
कर्पोरेशनले सरकारवाट प्राप्त अनुदानमा आवश्यक मात्रमा रासायनिक मल बिक्री गर्नुका साथै रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न गैर अनुदानित रासायनिक मल एमुनियक सल्फेट र सि.गल सुपर फस्फेट मल कृषकहरूलाई उपलब्ध गराउँदै आएको छ ।
अध्यक्ष प्रदिपलाल श्रेष्ठले नेपाल सरकारको नीतिको अवलम्बन गर्दै मुलुक भर गुणस्तरीय वस्तुको आपूर्ति व्यवस्था मिलाउदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा स्थापित गर्न नबीनतम एव. सृजनशील कारोबार खोजी गर्दै व्यापार विविधीकरण तर्फ उन्मुख रहेको बताउनु बताएका छन् ।


































