National life
cg eloctronics

सिटिजन्स क्यापिटलद्वारा सिटिजन्स सदाबहार योजना सार्वजनिक, असार १३ देखि इकाई बिक्री खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असार २०८२, मङ्गलबार
433Shares
सिटिजन्स क्यापिटलद्वारा सिटिजन्स सदाबहार योजना सार्वजनिक, असार १३ देखि इकाई बिक्री खुला
ncell

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रवर्द्धनमा र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा संचालित पहिलो खुला म्युचुअल फण्ड योजना ‘सिटिजन्स सदाबहार योजना’लाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले संचालन अनुमति दिएको छ। योजना अन्तर्गत ५० करोड रुपैयाँ बराबरको संकलन लक्ष्य राखिएको छ । त्यसमा एसआईपी मार्फत पनि लगानी गर्न सकिनेछ।

यस योजनाअन्तर्गत असार १३ गतेदेखि असार २७ गते (शुक्रबार) साँझ ५ बजेसम्म प्राथमिक निष्काशनमार्फत इकाई बिक्री खुला गरिएको हो । इच्छुक लगानीकर्ताले मेरो शेयर प्रणाली प्रयोग गरेर वा सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखाबाट आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म (प्रति इकाई रु. १० का दरले) खरिद गर्न सकिने व्यवस्था छ । अर्थात् न्यूनतम १ हजारदेखि अधिकतम ५ करोड रुपैयाँसम्मको लगानी गर्न सकिनेछ। वित्तीय प्रक्षेपणअनुसार योजना वर्षको औसत प्रतिफल १५.१० प्रतिशत हुने अनुमान गरिएको छ।

सिटिजन्स क्यापिटल लिमिटेडका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्। कम्पनीले वित्तीय परामर्श, लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड क्षेत्रमा निरन्तर सेवा विस्तार गर्दै आएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटल लिमिटेडमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत सह–लगानी रहेको छ। कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको डिल्लीबजारस्थित बाटुलेघरमा रहेको छ।

कम्पनीले काठमाडौं बाहिरका लगानीकर्तालाई समेत सहज लगानीका लागि सिटिजन्स बैंकका सम्पूर्ण शाखाहरूमार्फत पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ। यसरी, लगानीकर्ताहरूलाई विज्ञ तथा अनुभवी टिमबाट प्रत्यक्ष सेवा दिइँदै आएको कम्पनीको भनाइ छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
433SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?