National life
cg eloctronics

सिटी एक्सप्रेस मनि ट्रान्सफरको चाडपर्व लक्षित उपहार योजना सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ भदौ २०८२, सोमबार
1KShares
सिटी एक्सप्रेस मनि ट्रान्सफरको चाडपर्व लक्षित उपहार योजना सार्वजनिक
ncell

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘यो दशैं–तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ नामक उपहार योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत लक्की ड्रमार्फत प्रत्येक हप्ता एक जनाले रु १ लाख जित्ने अवसर पाउनेछन्। साथै, हरेक दिन सबै ग्राहकले सिटी पेमार्फत क्याशब्याक सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ। योजना भाद्र १६ देखि कात्तिक १५ गतेसम्म लागू हुनेछ र विदेशबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही यसमा सहभागी हुनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विजेता छनोट विद्युतीय प्रणालीमार्फत गरिने र कम्पनीका कर्मचारी सहभागी नहुने सिटी एक्सप्रेसले स्पष्ट पारेको छ।

योजना सार्वजनिक कार्यक्रममा चर्चित हास्य कलाकार तथा ब्रान्ड एम्बासडर जितु नेपालको उपस्थिति रहेको थियो।

रेमिट्यान्स क्षेत्रमा १९ वर्षदेखि सेवा दिँदै आएको सिटी एक्सप्रेसले हालै सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ जसबाट रेमिट्यान्स भुक्तानीसमेत गर्न सकिन्छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?