National life
cg eloctronics

सीजीनेटले दशैंमा इन्टरनेटसँगै उपहार योजना सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ भदौ २०८२, मङ्गलबार
460Shares
सीजीनेटले दशैंमा इन्टरनेटसँगै उपहार योजना सार्वजनिक
ncell

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सीजीनेटले यस वर्षको दशैं चाडपर्वलाई विशेष बनाउन आफ्ना ग्राहकका लागि नयाँ उपहार योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत कम्पनीका नयाँ ग्राहक र प्याकेज नवीकरण गर्ने ग्राहकहरूले निश्चित उपहार पाउनेछन्। ग्राहकहरूले आफ्नो रुचिअनुसार विभिन्न उपहारहरू लिन सक्नेछन्। २५० र ३५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजमा मिक्सर ग्राइन्डर र १ महिना निःशुल्क इन्टरनेट उपलब्ध हुनेछ भने १५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजमा टोस्टर र १ महिना निःशुल्क इन्टरनेट प्राप्त हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्कोतर्फ १५०, २५० र ३५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजमा अतिरिक्त इन्टरनेट बोनस पनि उपलब्ध हुनेछ, जुन अधिकतम ३ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

यो अफर भदौ १५ देखि कार्तिक ३० सम्म सीमित समयका लागि लागू हुनेछ। सीजीनेटले आफ्ना ग्राहकलाई द्रुतगति इन्टरनेटका साथै मूल्यवर्धन सेवा प्रदान गर्दै आएको र उपहारसहितको यो अफरले ग्राहकलाई थप लाभान्वित बनाउने कम्पनीको विश्वास रहेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?