काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोबाइलले भारतको नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसँग सहकार्य गर्दै नेपालमा एआई प्लस स्मार्टफोन ब्रान्ड ल्याउने भएको छ। भारतमा हालै सुरु भएको यस ब्रान्डलाई पूर्व रियलमी इन्डियाका प्रमुख कार्यकारी तथा हाल नेक्स्टक्वान्टमका संस्थापक माधव शेटले नेतृत्व गरिरहेका छन्।
एआई प्लस स्मार्टफोनमा प्रयोग हुने नेक्स्टक्वान्टम ओएसलाई भारतको पहिलो सार्वभौम मोबाइल सञ्चालन प्रणाली मानिन्छ। यसले उच्च प्रदर्शन, आकर्षक डिजाइन र सुरक्षित डाटा संरक्षणको अनुभव दिने कम्पनीको दाबी छ।
सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार, “एआई प्लस ब्रान्डले नवीनता, विश्वास र प्रयोगकर्ताको सशक्तिकरणलाई प्राथमिकता दिनेछ। नेपाली उपभोक्ताले अब विश्वस्तरीय सुरक्षा र उत्कृष्ट प्रदर्शन गर्ने स्मार्टफोन रोज्न सक्नेछन्।”
नेपालमा उपलब्ध हुने मोडलहरू:
एआई प्लस पल्स
- ६.७ इन्च एचडी प्लस डिस्प्ले (९० हर्ज रिफ्रेस रेट)
- ६.७ इन्च एचडी प्लस डिस्प्ले (१२० हर्ज रिफ्रेस रेट)






































