National life

सुन्दर प्लाइउडका सञ्चालकविरुद्ध राजस्व छलीको आरोपमा एक करोड बिगो माग दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
711Shares
सुन्दर प्लाइउडका सञ्चालकविरुद्ध राजस्व छलीको आरोपमा एक करोड बिगो माग दाबी
ncell

काठमाडौँ । भैरहवास्थित सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध राजस्व अनुसन्धान विभागले राजस्व छली तथा चोरी पैठारीको अभियोगमा मुद्दा दायर गरेको छ । अग्रहरीलाई एक करोड रुपैयाँभन्दा बढी बिगो र सजाय माग गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको हो ।

राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत दायर गरिएको उक्त मुद्दा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २०९६० अनुसार दायर गरिएको हो। विभागका अनुसार अग्रहरीले सो ऐनको दफा ३ अनुसार निषेध गरिएको कार्य गरेका छन् र दफा ४ को खण्ड क, ख, छ र झ बमोजिमको कसूर पुष्टि भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विभागका अनुसार भन्सार चोरी पैठारीतर्फको अधिक मौज्दातको बिगो तीन लाख २५ हजार ८०७ रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फको न्यून मौज्दातको बिगो १५ लाख ६९ हजार २३६ रुपैयाँ र आय करतर्फको बिगो ३१ लाख ८० हजार ३२५ रुपैयाँ गरी कुल ५३ लाख २७ हजार ६८६ रुपैयाँ बिगो कायम गरिएको हो ।

कायम भएको बिगो असुल उपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी कुल एक करोड ६ लाख ५५ हजार २९२ रुपैयाँ असुल उपर गर्न तथा ऐनको दफा २३ (१) (ख) वमोजिम कैद सजाय मागदाबी गरेर उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?