National life

'सुपरिवेक्षण विभाग' गभर्नरको मातहतमा, ढुङ्गानालाई आर्थिक अनुसन्धान विभाग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ फागुन २०८०, शुक्रबार
542Shares
'सुपरिवेक्षण विभाग' गभर्नरको मातहतमा, ढुङ्गानालाई आर्थिक अनुसन्धान विभाग
ncell

काठमाडौँ । नयाँ विभागको रूपमा स्थापना भएको बैंक सुपरिवेक्षण विभागलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो मातहतमा ल्याएका छन्।

गभर्नर अधिकारीले डेपुटी गभर्नर निलम ढुङ्गानालाई आर्थिक अनुसन्धान विभागको जिम्मा दिएर फागुन एक गतेदेखि कार्यान्वयनमा आएको यस बैंक सुपरिवेक्षण विभाग आफ्नो मातहतमा ल्याएका हुन्।

यसअघि बैंक सुपरिवेक्षण विभाग डेपुटी गभर्नर बमबहादुर मिश्रबाट ढुङ्गानालाई दिइएको थियो। हाल डेपुटी गभर्नर बमबहादुर मिश्रको मातहतमा नियमन विभाग छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त संस्थाहरू, हायर पर्चेज कारोबार गर्ने कम्पनीहरू, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र राष्ट्रिय सहकारी बैंकको निरीक्षण,अनुगमन लगायतका सुपरिवेक्षकीय कार्यहरू सम्पादन गर्नका लागि बैंक सुपरिवेक्षण विभागको स्थापना गरेको हो ।

केही महिना अगाडि राष्ट्र बैंकले एचआइडिसिएललाई पनि आफ्नो नियमनको क्षेत्राधिकार भित्र ल्याएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?