National life
cg eloctronics

सुशील केडिया सेवा फाउण्डेसनद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असार २०८२, बिहिबार
488Shares
सुशील केडिया सेवा फाउण्डेसनद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण
ncell

काठमाडौँ । विपद् जोखिम न्यूनीकरणका लागि सुशील केडिया सेवा फाउण्डेसनले उपत्यका प्रहरी कार्यालयलाई विभिन्न उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

फाउन्डेशनले आज कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्गलाई उद्धार सामग्री हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोट, लाइफ ज्याकेट, बुट लगायत उपकरण रहेका छन् ।

विपद् कुनै निश्चित समय नहुने भन्दैै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ्गले उद्धार तथा व्यवस्थापनका लागि सरकारीसँगै अन्य विभिन्न पक्षहरूको सहकार्य र जागरुकता आवश्यक रहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भौगोलिक हिसाबले काठमाडौँ जल तथा नदीजन्य विपद्को जोखिममा रहेको उल्लेख गर्दै आमनागरिकको जीवन सुरक्षाका लागि सामग्री वितरण गरिएको फाउण्डेसनका अध्यक्ष सुमित केडियाले जानकारी दिए । आगामी दिनहरुमा पनि यस प्रकारको सहकार्यलाई निरन्तरता दिइने प्रतिबद्धता उनले जनाए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?