National life

सेबोनले माग्यो आगामी आवको नीति तथा कार्यक्रमका लागि सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ वैशाख २०८१, शुक्रबार
704Shares
सेबोनले माग्यो आगामी आवको नीति तथा कार्यक्रमका लागि सुझाव
ncell

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड सेबोनले आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रमका लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी राय, सुझाव माग गरेको छ भने सेबोनको नीति अनुसन्धान तथा प्रशिक्षण विभागले एक सूचना जारी गर्दे यस्तो माग गरेको हो ।

सो सूचनामा धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई सम्पूर्ण सरोकारावालाको अपेक्षा अनुरुप बजार पूर्वाधारको व्यवस्था, बजारको विकास तथा विस्तार, बजार तथा नियमनको पहुँच अभिवृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरिवेक्षण, स्वच्छ, दिगो, पारदर्शी, आधुनिक, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बजार कायम गर्न प्रयासरत रहेको उल्लेख गरिएको छ भने सोही उदेश्य अनुरुप बोर्डले प्रत्येक आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजनासहित नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्दै आएको जानकारी दिएको छ ।

उक्त व्यवस्थालाई निरन्तरता दिँदै नेपाल सरकारको पूँजी बजारसम्बन्धी नीति, कार्यक्रम तथा प्राथमिकतासमेतलाई दृष्टिगत गरी आर्थिक वर्ष २०८१।८२ मा जनअपेक्षाअनुरुपको कार्यान्वयन योग्य नीति तथा कार्यक्रम तयार गरी लागू गर्ने कार्यका लागि सम्पूर्ण सरोकारवालासँग धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास विस्तार तथा सुधार प्रभावकारी नियमन र सुपरिवेक्षणका लागि रचनात्मक एवं समसामयिक विषयमा अमूल्य रायरसुझाव पेश गर्न बोर्डले आह्वान गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्ता राय,सुझाव आगामी जेठ १५ गतेभित्र धितोपत्र बोर्डको ई–मेल मा पठाउनु पर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
704SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?