काठमाडौं । साताको पहिलो पहिलो कारोबारको दिन आज सेयर बजारमा निराशा छाएको छ । बजार आज राताम्य भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारका दिन २७.२१ अकंले घटेर २०३४.८२ बिन्दुमा बन्द भएको छ ।
आज ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्क समूहको ०.६५ प्रतिशत, विकास बैंक समूहको १.७० प्रतिशतले सेयर मूल्य घटेको छ ।
शेयर बजार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि बजारले ओरालो यात्रा तय गरेको हो । बजारमा आएको गिरावटले लगानीकर्ता निराश बनाएको छ । ब्याजदर घट्दो क्रममा रहेको भएपनि बजारले गति लिन सकेको छैन ।


































