काठमाडौं । शेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ ठगीको आरोपमा सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन्।
ठगी आरोपमा जाहेरी परेपछि श्री वास्तवलाई प्रहरीले बोलाएको थियो। उनी आफैँ काठमाडौँ प्रहरी परिसरमा हाजिर भएको एसपी कुलदीप चन्दले जानकारी दिएका छन् ।
यसअघि सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पनि पक्राउ परेका थिए ।
तर केही दिन हिरासतमा राखेर पुनः म्याद थपका लागि लगे पनि अदालतले अनुमति दिएको थिएन।
त्यसपछि उनलाई हाजिरी जमानीमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। अग्रवाललाई पनि हिरासतमा राखेर अनुसन्धान गर्नका लागि प्रहरीले अदालत उपस्थित गराउने तयारी गरेको छ।
सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड ५५ लाख रुपैयाँ नदिएको उनीमाथि आरोप छ।


































