National life

स्थानीय तहमा विद्यार्थीको हाजिर बेगर दिवा खाजामा २७ करोड बढी स्वाहा, प्याडमा समेत अनियमितता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ जेठ २०८२, बिहिबार
567Shares
स्थानीय तहमा विद्यार्थीको हाजिर बेगर दिवा खाजामा २७ करोड बढी स्वाहा, प्याडमा समेत अनियमितता
ncell

काठमाडौँ ।  स्थानीय तहहरूले विद्यार्थीलाई वितरण गर्ने दिवा खाजा शीर्षकमा विद्यार्थीहरूको हाजिरबेगर नै २७ करोड ९९ लाख २९ हजार रुपैयाँ निकासा गरेको खुल्न आएको छ । त्यस्तै, छात्रालाई निःशुल्क सेनेटरी प्याड, पाठ्यपुस्तक तथा छात्रवृत्तिमा समेत अनियमितता गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन अनुसार चालु वर्षमा १२४ स्थानीय तहले विद्यार्थीको हाजिरी प्रमाणित नगरी नै दिवा खाजामा माथि उल्लेखित बराबरको खर्च गरेका छन्।

हाजिरी प्रमाणित बिना खाजा खर्च गर्न नपाइने व्यवस्था हुँदाहुँदै त्यसको उल्लङ्घन भएको वार्षिक प्रतिवेदन उल्लेख भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सरकारले कक्षा ५ सम्मका सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा बापत दैनिक १५ रुपैयाँको दरले रकम उपलब्ध गराउँदै आएको छ।

यसैगरी १५१ स्थानीय तहले ९ करोड ८ लाख ७५ हजारको स्यानिटरी प्याड खरिद गरी खर्च लेखेकोमा उक्त प्याड लक्षित वर्गको प्रयोगका लागि विद्यालयहरूमा पठाउनुपर्नेमा स्थानीय तहको भण्डारमा मौज्दात रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

‘सेनेटरी प्याड खरिद गरी खर्च लेखिएको भए पनि ती प्याड लक्षित वर्गको प्रयोगका लागि विद्यालयहरूमा पठाइनुपर्नेमा स्थानीय तहको भण्डारमै मौज्दात देखिन्छ। त्यसैले महालेखा परीक्षकको कार्यालयले आवश्यकताको आधारमा खरिद गरी सामग्रीको उपयोग सुनिश्चितता हुनुपर्ने स्थानीय तहलाई सुझाव दिएको छ।

त्यसैगरी, स्थानीय तहहरूले निःशुल्क पाठ्यपुस्तक वितरण र छात्रवृत्तिमा पनि मनोमानी गरेको उल्लेख गरिएको छ। २०६ स्थानीय तहले वास्तविक विद्यार्थी सङ्ख्याभन्दा बढी ३ करोड ६२ लाख ६५ हजार रुपैयाँ बराबरको पाठ्यपुस्तक निकासा गरेका छन्। त्यस्तै, छात्रवृत्तिमा १ करोड ६८ लाख १ हजार रुपैयाँ बढी निकासा गरिएको उल्लेख छ।

प्रतिवेदन अनुसार २२० स्थानीय तहले शिक्षकको स्वीकृत दरबन्दी नपुगी आन्तरिक स्रोतबाट दरबन्दीबाहिरका शिक्षकलाई २ अर्ब ५ करोड १ लाख रुपैयाँ निकासा गरेको प्रतिवेदनमा जनाइएको छ। ‘यो वर्ष १४३ स्थानीय तहले शिक्षकहरूको तलब भत्तामा ३ करोड २४ लाख ९९ हजार बढी निकासा गरेको समेत प्रतिवेदनमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?