काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सय रुपैयाँ सहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वर नगरपालिका – ३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका – १ का ४३ वर्षीय गणेश राई, लमजुङको दोर्दी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले राससलाई जानकारी दिए ।
प्रहरीले उनीहरूलाई काठमाडौँ महानगरपालिका–९ पिंगलास्थानस्थित पशुपति भिजन नजिकैबाट पक्राउ गरेको जनाएको छ । आइतबार दुई वटा मोटरसाइकलमा शंकास्पद अवस्थामा सवार उनीहरूको साथमा रहेको झोला खानतलासी गर्दा उक्त रकम सहित नियन्त्रणमा लिइएको हो ।
स्रोत खुल्न नसकेको उक्त रकम सहित पक्राउ परेका चारै जानमाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।


































