National life

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: जवाफी बहस सुरु, थुनछेक आदेश आजै आउने सम्भावना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ माघ २०८१, बुधबार
524Shares
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: जवाफी बहस सुरु, थुनछेक आदेश आजै आउने सम्भावना
ncell

काठमाडौँ। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चलिरहेको छ।

काठमाडौँ जिल्ला अदालतमा अहिले सरकारी वकिलले जवाफी बहस गरिरहेका छन्। रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त,रमण श्रेष्ठ र सुरज बस्नेत र सुरेन्द्र काफ्लेको बहस सकिएपछि सरकारी वकिलको जवाफी बहस सुरु भएको हो ।

जाहेरवाका तर्फबाट बहस गरेका सरकारी वकिलहरूको जवाफी बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले थुनछेकको आदेश गर्नेछन् । रविको विषयमा आम जनताको चासोको विषय बनेको छ ।

Royal Enfield
nic asia capital

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौँमा पनि बयान लिइरहेको हो ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछाने सहितमाथि लागेको छ । जवाफी बहस सकिएसँगै आजै थुनछेक आउने सम्भावना चुलिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?