National life
cg eloctronics

आईपीओ निष्काशन गर्ने तयारीमा स्वस्तिक एग्रो इण्डष्ट्रिज

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ भदौ २०८२, मङ्गलबार
1.2kShares
आईपीओ निष्काशन गर्ने तयारीमा स्वस्तिक एग्रो इण्डष्ट्रिज
ncell

काठमाडौँ । स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आफ्ना शेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले यसका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

आज भएको सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष तथा प्रबन्ध सञ्चालक सत्य नारायण झा र नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोवार नियमावली, २०८१ अन्तर्गत धितोपत्र दर्ता र निष्काशनसम्बन्धी नियमावली तथा निर्देशिकाअनुसार नियमनकारी निकायबाट आवश्यक स्वीकृति लिएर निकट भविष्यमा प्राथमिक निष्काशन गर्ने योजना बनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्वस्तिक एग्रो इण्डष्ट्रिजले दही, घ्यू, चकलेट, पनिर लगायतका दुग्ध तथा दुग्धजन्य उत्पादन प्याकेजिङ्ग गर्ने उद्देश्यले स्थापना भएको हो। “गोठदेखि भान्सासम्म” भन्ने मूल नारासहित कम्पनीले शुद्ध दुग्ध तथा दुग्धजन्य उत्पादन उपभोक्तासम्म पुर्याउने लक्ष्य राखेको छ।

हाल कम्पनीले धनुषा जिल्लाको गोदारस्थित २ बिघा जमिनमा जर्सी तथा होल्स्टोन जातका ३५ गाईबाट दैनिक २०० लिटरभन्दा बढी दुग्ध उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ। कम्पनीले निकट भविष्यमा ६५ गाई थपेर १०० गाई पु¥याउने योजना पनि बनाएको छ।

साथै, कम्पनीले प्याकेजिङ्ग उद्योग स्थापना गरी दुग्ध उत्पादन क्षेत्रका लागि एक उत्कृष्ट र प्रतिष्ठित कम्पनी बन्न अध्ययन तथा अनुसन्धान गरिरहेको जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?