National life

हिजो हिरासतमुक्त भएका लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ पुस २०८१, शुक्रबार
510Shares
हिजो हिरासतमुक्त भएका लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै
ncell

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा ६५ लाख धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन्।

लामिछानेविरुद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन्। बिहीबार राति अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।

लामिछानेसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन्। लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतले जनाएको छ ।

Royal Enfield
nic asia capital

लामिछानेलाई रु ६५ लाख, छविलाल जोशीलाई रु ८८ लाख,  मीना गुरुङलाई रु पाँच लाख, रामबहादुर खनाललाई रु १५ लाख, आरती गुरुङलाई रु पाँच लाख र कृष्णबहादुर गुरुङलाई रु एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?