National life

हिमालयन रि-इन्स्योरेन्सकी सीईओसहित ५ उच्च अधिकारी निलम्बित, यस्तो छ कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०३ वैशाख २०८३, बिहिबार
1.3kShares
हिमालयन रि-इन्स्योरेन्सकी सीईओसहित ५ उच्च अधिकारी निलम्बित, यस्तो छ कारण
ncell

काठमाडौं। नेपाल बीमा प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलसहित पाँच जना वरिष्ठ व्यवस्थापकलाई निलम्बन गरेको छ। कम्पनीको सञ्चालनमा गम्भीर त्रुटि र आर्थिक अनियमितता देखिएको निष्कर्षपछि प्राधिकरणले उनीहरूलाई पदबाट हटाएको हो।

निलम्बनमा परेका पदाधिकारीहरूमा सीईओ पौडेलसहित डेपुटी सीईओ मुकेश कुमार कपुर, कार्यकारी निर्देशकहरू मनिश कुमार, शिशिर गैह्रे र सन्तोष केसी रहेका छन्।

को को परे निलम्बनमा ?

सीईओ : उपासना पौडेल

डेपुटी सीईओ : मुकेश कुमार कपुर 

कार्यकारी निर्देशक : मनिश कुमार 

कार्यकारी निर्देशक : शिशिर गैह्रे 

कार्यकारी निर्देशक : सन्तोष केसी  

अनियमितताको आरोप के हो ?

प्राधिकरण स्रोतका अनुसार कम्पनीको करिब २ अर्ब ७३ करोड रुपैयाँ सञ्चालक दीपक भट्टको नाममा दोस्रो बजारमा सेयर खरिदका लागि प्रयोग गरिएको देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको ठूलो रकम व्यक्तिगत प्रयोजनमा प्रयोग भएको विषयलाई नियामकले गम्भीर वित्तीय उल्लंघनका रूपमा लिएको छ।

सम्पत्ति शुद्धीकरण छानबिन र छापा

हिमालयन रि-इन्स्योरेन्सका प्रमुख लगानीकर्ता दीपक भट्ट, शाहिल अग्रवाल, सुलभ अग्रवाल र शेखर गोल्छा हाल सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा छन्।

केही दिनअघि विभाग र बीमा प्राधिकरणको संयुक्त टोलीले कम्पनीमा छापा समेत मारेको थियो। छानबिन सुरु भएसँगै तत्कालीन अध्यक्ष शेखर गोल्छाले पदबाट राजीनामा दिएका हुन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?