National life

२५ करोड अवैध विदेशी मुद्राको मुख्य नाइके पक्राउ गर्न सांसद खतिवडाको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ जेठ २०८२, सोमबार
551Shares
२५ करोड अवैध विदेशी मुद्राको मुख्य नाइके पक्राउ गर्न सांसद खतिवडाको माग
ncell

काठमाडौँ । टोखाबाट बरामद गरेको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य नाइकेलाई पक्राउ गर्न नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले माग गरेका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले एउटा ड्राइभर र व्यापारी पक्रेर थुनेको भन्दै उक्त प्रकरणमा मुख्य दोषीसम्म पुग्ने गरी अनुसन्धान गर्न माग गरेका हुन्। उनले विभिन्न प्रकरणमा ड्राइभर, भरिया पक्रने र मालिकसम्म नपुग्ने प्रवृत्ति देखिएको भन्दै मुख्य व्यक्तिसम्म पुगेर कारबाही गर्नुपर्नेमा जोड दिए।

खतिवडाले भने, ‘केही महिना पहिले सरकारले काठमाडौँ टोखाबाट २५ करोड बराबरको अवैध  रकम युरो र डलर गरेर समात्ने काम गर्‍यो एउटा ड्राइभर र व्यापारी को पक्राउ गर्‍यो थुन्यो, मूल त्यसको संरक्षण कसले गरिरहेको छ र त्यसको धनी को हो ? अहिलेसम्म सरकारले पत्ता लगाउन सकेको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सधैँ ड्राइभर र लोडरलाई थुन्ने ? उक्त प्रकरणमा को- को संलग्न छन् सदनलाई जानकारी गराइयोस्। ’

२५ करोड बराबरको विदेशी मुद्रा प्रकरणमा राजस्व अनुसन्धान विभागले आरोपी कुसाङ लामा र नारायण पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको भएको छ। उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३.४५ र ९ को कसूरमा मुद्दा दायर गरिएको हो।

त्यस्तै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ को उपदफा (१) बमोजिम बरामदित उक्त विदेशी मुद्राहरू जफत गर्न, उक्त वारदातमा प्रयोग भएको ना ७ ख १६५२ नम्बरको कन्टेनर (ट्रक) कसूरजन्य सम्पत्ति तथा साधन ( रोका, नियन्त्रण र जफत ) ऐन, २०७४ को दफा ११ बमोजिम जफतको माग दाबी लिई मुद्दा दायर गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?