National life

प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै चार जीवन बीमा कम्पनी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ जेठ २०८०, सोमबार
482Shares
प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै चार जीवन बीमा कम्पनी
ncell

काठमाडौं । चार ओटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार रिलायबल नेपाल लाइफ, आईएमई लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारीमा छन् । ती चार ओटै कम्पनीले यसअघि नै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।

रिलायबल नेपालले १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त कम्पनीले अंकित मूल्य रू. १०० मा रू. ११२ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २१२ मा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

उता आईएमई लाइफले पनि १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको छ । कम्पनीले अंकित मूल्यमा रू. १७६ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता रू. २७६ मा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

सिटिजन लाइफले अंकित मूल्यमा रू. १९० प्रिमियम थप थरी प्रतिकित्ता रू.२९० मा १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अंकित मूल्यमा रू.१५० दशमलव ५५ प्रिमियम थप गरी प्रतिकित्ता रू. २५० दशमलव ५५ मा ९६ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा छ ओटा जीवन बीमा कम्पनीको कारोबार हुन्छ ।

कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा बढी शेयर मूल्य लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को प्रतिकित्ता रू. १ हजार ३२५ रहेको छ । लगानीकर्ताले आईपीओ होस् या धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्था राम्रोसँग हेर्न आवश्यक छ ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?