National life

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धितोपत्र बोर्डका अध्यक्ष हमालविरुद्ध उजुरी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
424Shares
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धितोपत्र बोर्डका अध्यक्ष हमालविरुद्ध उजुरी
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

कार्यकालको अन्तिम समयसम्ममा निष्पक्ष रुपबाट बाहिरिने प्रण गरेका हमाल विरुद्ध मंसिर २६ गते सी–०३४५७१ नम्बरमा उजुरी दर्ता भएको छ।

बोर्डका अध्यक्ष हमाल, बोर्ड सदस्य रितेशकुमार शाक्य, मकुन्दकुमार क्षेत्री, विज्ञ बोर्ड सदस्य भोलानाथ ढुंगानालगायत अन्य कर्मचारीको मिलोमतोमा नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको लाइसेन्स प्रदान गर्ने नाममा ठूलो आर्थिक लाभ लिएको र केही व्यापारी स्वयं गाँसिएका घरानालाई लाइसेन्स दिन उद्धत रहेको उजुरीमा उल्लेख छ ।

उजुरी परेका व्यक्तिले ब्रोकर छनोट, स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया, कमोडिटी एक्सचेन्ज, प्रिमियममा सेयर निष्कासन गर्न दिई अर्बौं रुपैयाँ जनताबाट व्यापारीलाई उठाउन स्वीकृति दिई आर्थिक अपचलन गरेको, एउटा व्यापरिक घरानालाई विशेष संरक्षण गरी अर्बौं रुपैयाँ आर्थिक अपचलन गरेको दाबी गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अध्यक्ष हमालसहित बोर्डका सञ्चालक र केही कर्मचारीले ब्रोकर छनोटमा आर्थिक अनियमितता गरेको उल्लेख छ । यस्तै स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रियामा पनि भ्रष्टाचार भएको दाबी गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
424SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?