काठमाडौँ। ट्रेड टावर लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई चैत्र २५ गते आईपीओ निष्कासनको अनुमति दिएको हो ।
अनुमति पाएसँगै कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशत शेयर आईपीओको रूपमा निष्कासन गर्न लागेको हो।
शेयर निष्कासनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
































