National life

ट्रेड टावरको आइपिओमा आजदेखि जोकोहीले आवेदन दिन सकिने, कसरी दिने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ जेठ २०८२, बुधबार
534Shares
ट्रेड टावरको आइपिओमा आजदेखि जोकोहीले आवेदन दिन सकिने, कसरी दिने ?
ncell

काठमाडौँ। ट्रेड टावर लिमिटेडको प्राथमिक साधारण शेयर (आइपिओ) मा आजदेखि आवेदन दिन सकिने छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्काशन गरेको थियो। वैदेशिक रोजगारीमा रहेकाको लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात् अब कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

Royal Enfield
nic asia capital

जसमध्ये श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरूका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरूका लागि ७९ हजार ४३.८६ कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

बाँकी रहेको ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आइपीओमा जेठ १९ गतेसम्म आवेदन दिन सकिने छ उक्त अवधिभित्र सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि जेठ २८ गतेसम्म लम्बिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
534SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?