National life

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै ट्रेड टावर, आवेदन कहिलेसम्म दिने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ जेठ २०८२, सोमबार
444Shares
सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै ट्रेड टावर, आवेदन कहिलेसम्म दिने ?
ncell

काठमाडौँ । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यही जेठ १४ गतेदेखि दोस्रो चरणको आईपीओ निष्कासन गर्न लागेको जनाएको छ ।

यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ।

जसमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेर बाँडफाँड गरिसकेको छ।

Royal Enfield
nic asia capital

बाँकी रहेको ३५ लाख ७४ हजार ५२३.७० कित्तामध्ये १ लाख ९८ हजार ५८४.६५ कित्ता सामूहिक लगानी कोषका लागि र ७९ हजार ४३३.८६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको  जनाएको छ ।

कम्पनीले बाँकी रहेको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको जनाएको छ । यसमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ।

आईपीओका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
444SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?