काठमाडौँ । ट्रेड टावर लिमिटेडको आइपीओमा आवेदन दिने समय थप भएको छ। अब कम्पनीको आइपीओमा मंगलबार जेठ २० गतेसम्म आवेदन दिन सकिने छ। यसअघि कम्पनीले जेठ १९ गतेसम्म निष्कासन तथा बिक्री खुला गर्ने जनाएको थियो।
ट्रेड टावरले जेठ १४ गते बुधवारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।
जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आइपीओ बाँडफाँटपश्चात् अब सर्वसाधारणका लागि निष्कासन खुला गरिएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयरमार्फत आवेदन दिन पाइनेछ । यस आइपीओको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
































