National life

ट्रेड टावरको आईपीओ बाँडफाँड : तपाइलाई पर्‍यो ? यसरी हेर्नुहोस् नतिजा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असार २०८२, आइतबार
550Shares
ट्रेड टावरको आईपीओ बाँडफाँड : तपाइलाई पर्‍यो ? यसरी हेर्नुहोस् नतिजा
ncell

काठमाडौँ। ट्रेड टावर लिमिटेडको आईपीओ आज बिहान बाँडफाँड भएको छ । उक्त आईपीओ  काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा आज बिहान साढे ९ बजे बाँडफाँड गरेको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जानकारी दिएको छ।

कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । जसमा २० लाख ७४ हजार २८५ जना आवेदकहरूबाट २ करोड ४१ लाख १७ हजार ४८० कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएको भएको थियो ।

Royal Enfield
nic asia capital

कुल ३ लाख २९ हजार ६५० आवेदकले सेयर पाएका छन् । तीमध्ये ५ जनाले ११ कित्ताका दरले र बाँकी ३ लाख २९ हजार ६४५ जनाले १० कित्ताका दरले सेयर पाएको क्यापिटलले जनाएको छ ।

आवेदकहरूलाई गोला प्रथाबाट नियमन निकायका प्रतिनिधिहरूको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा बाँडफाँड कार्य सम्पन्न भएको हो ।

उक्त आइपीओमा २० लाख ५९ हजार ३८८ जना आवेदकहरूबाट २ करोड ३९ लाख ७ हजार ६०० कित्ता प्राप्त भएको थियो । आईपीओको नतिजा आईपीओको नतिजा केहीबेरमा अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमार्फत वा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?