National life

गभर्नरका दाबेदार भट्टको राजीनामा स्वीकृत नगरेकोप्रति वित्तीय कर्मचारी संघको आपत्ति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ वैशाख २०८२, बुधबार
707Shares
गभर्नरका दाबेदार भट्टको राजीनामा स्वीकृत नगरेकोप्रति वित्तीय कर्मचारी संघको आपत्ति
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेको नेपाल राष्ट्र बैंककै नेपाल वित्तीय कर्मचारी संघले विज्ञप्ति सार्वजनिक गरेको छ । गभर्नरका प्रत्याशी रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा रोकेको प्रति संघले विरोध जनाएको छ ।

कायममुकायम गभर्नर डा.नीलम ढुंगानाप्रति आक्रोश पोख्दै संघले विज्ञप्ति जारी गरेर राजीनामा स्वीकृत गर्न कामु गभर्नर ढुंगानासँग माग गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संघले एक महिना बैंक गभर्नरविहीन भएको अवस्थामा पनि प्रत्याशीको राजीनामा स्वीकृत नगरी नियुक्ति प्रक्रियालाई लम्ब्याउनु गलत भएको दाबी गरेको छ ।

‘गभर्नरका दाबेदार वर्तमान कार्यवाहक नेतृत्वबाट एक जना कर्मचारीको राजीनामा समेत स्वीकृत गर्न नसक्नुले नेतृत्वको क्षमतामाथि नै प्रश्न उठेको छ’, विज्ञप्तिमा भनिएको छ। कामु डा.ढुंगानाको क्षमतामा प्रश्न उठाउँदै संघले नेपालको श्रम ऐन धारा २९ , श्रम ऐन २०७४, सुशासन नियमावली २०६५ र नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ को ठाडो उल्लंघन गरेको विज्ञप्तिमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
707SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?