National life

दोहोरो अंकले उकालो लाग्यो नेप्से, युनियन हाइड्रोपावर अग्रस्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२२ माघ २०८२, बिहिबार
1.2kShares
दोहोरो अंकले उकालो लाग्यो नेप्से, युनियन हाइड्रोपावर अग्रस्थानमा
ncell

काठमाडौँ। साताको अन्तिम कारोबार दिन सेयर बजार सकारात्मक दिशामा अघि बढेको छ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.१९ अंकले उक्लिँदै २ हजार ७०८.७० विन्दुमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा उल्लेख्य कारोबार देखिएको छ। कुल ३ करोड ५५ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ५८ करोड २८ लाख रुपैयाँ पुगेको छ।

बजारको समग्र अवस्थालाई हेर्दा धेरै कम्पनीका लगानीकर्ता नाफामा देखिएका छन्। २०१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ वटा कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी ४ वटा कम्पनीको मूल्य भने अघिल्लो दिनकै स्तरमा स्थिर रहेको छ।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर अग्रस्थानमा रहेको छ। सो कम्पनीको मात्र ५८ करोड ७७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

त्यसैगरी, राधी विद्युतको ५७ करोड ५० लाख रुपैयाँ, एसवाई प्यानलको ५३ करोड ७४ लाख रुपैयाँ, आँखुखोला जलविद्युतको ४० करोड ५५ लाख रुपैयाँ तथा एनआरएन इन्फ्रास्ट्रक्चरको ३८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?