National life

बीरगञ्जबाट सिलवालको सुझाव: राहात र चन्दा माग्नुभन्दा बरु बीमामा आवद्ध हुनुस्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
778Shares
बीरगञ्जबाट सिलवालको सुझाव: राहात र चन्दा माग्नुभन्दा बरु बीमामा आवद्ध हुनुस्
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र पहुँच वृद्धिका लागि संचार माध्यमहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बीरगञ्जमा मधेश प्रदेशका विभिन्न जिल्लामा कार्यरत संचारकर्मीहरूसँग भएको बीमा सम्बन्धी अन्तक्र्रिया एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा रहेको बीमा क्षेत्रलाई समेत प्राथमिकता दिन संचारकर्मीहरूसँग आग्रह गरे ।

अध्यक्ष सिलवालले भने,ʻबीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सकिन्छ, सरकारले चन्दा र राहतको व्यवस्था गर्नुभन्दा नागरिकको जीवन र सम्पत्तिको बीमा गर्ने कार्यक्रम ल्याउनु आवश्यक छ, बीमा गरेपछि बीमा कम्पनीले नै क्षतिपूर्ति प्रदान गर्छन्, बीमाबाटै गरीब तथा विपन्न बर्गको जीवनस्तर उकास्न सकिन्छ, बीमाका बारेमा बुझाउन र पहुँच बढाउन संचार माध्यमहरूको महत्वपूर्ण भूमिका हुन्छ ।’ अध्यक्ष सिलवालले संचार माध्यममा आउने बीमा सम्बन्धी समाचारहरूबाट बीमा सम्बन्धी नीति, रणनीति बनाउन सहयोग पुग्ने उल्लेख गर्नुहुँदै संचारकर्मीहरूका लागि बीमा सम्बन्धी तालिम, अन्तक्र्रिया लगायतका कार्यक्रम संचालन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले प्राधिकरणका काम, कारवाही र नियामकीय भूमिका, बीमाको पहुँच, बीमा बजारको अवस्था, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र बीमा क्षेत्रको विकास तथा पहुँच वृद्धिमा संचार माध्यमको भूमिका सम्बन्धी प्रस्तुती दिएका थिए । कार्यक्रममा संचारकर्मीहरूले नेपाल बीमा प्राधिकरणले संचारकर्मीहरूका लागि नियमितरूपमा तालिम तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नुपर्ने, बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि संचारकर्मीहरूसँग समन्वय गरी अगाडि बढ्नुपर्ने, बीमा सम्बन्धी ठगी र बद्मासी नियन्त्रण गर्न प्राधिकरणले नियमन र अनुगमनमा कडाई गर्नुपर्ने, भोजपुरी र मैथिली भाषामा समेत बीमा सम्बन्धी प्रचार प्रसार गर्नुपर्ने लगायतका धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, जिल्ला शाखाका पदाधिकारीहरू,बारा,पर्सा र रौतहट जिल्लाका विभिन्न संचार माध्यमका संचारकर्मी र ती जिल्ला कार्यक्षेत्र रहेका संचारकर्मीहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण,मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गरेकी थिइन ।

यो समाचार शेयर गर्नुहोस्
778SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?