National life

भुक्तानीसँग सम्बन्धित संस्थाहरूको भूमिका स्पष्ट रूपमा बुझ्न सर्वसाधारणलाई राष्ट्र बैंकको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१७ चैत २०८२, मङ्गलबार
1.2kShares
भुक्तानीसँग सम्बन्धित संस्थाहरूको भूमिका स्पष्ट रूपमा बुझ्न सर्वसाधारणलाई राष्ट्र बैंकको आग्रह
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीसँग सम्बन्धित संस्थाहरूको भूमिका स्पष्ट रूपमा बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ। वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले जारी गरिएको सन्देशमार्फत केन्द्रीय बैंकले विद्युतीय भुक्तानी प्रणालीको सही र सुरक्षित प्रयोग गर्न समेत सुझाएको हो।

राष्ट्र बैंकका अनुसार भुक्तानी तथा फछ्र्योट प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित अनुमतिपत्र प्राप्त संस्थाहरूले यस क्षेत्रमा काम गर्दै आएका छन्। यस्ता संस्थाहरूलाई मुख्य रूपमा दुई समूहमा वर्गीकरण गरिएको छ—भुक्तानी सेवा प्रदायक (पीएसपी) र भुक्तानी प्रणाली सञ्चालक (पीएसओ)।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भुक्तानी सेवा प्रदायक (पीएसपी)हरूले सर्वसाधारण प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न प्रकारका भुक्तानी सेवा उपलब्ध गराउँछन्। यसअन्तर्गत वस्तु वा सेवा खरिद गर्दा रकम तिर्ने, सम्पत्ति वा अन्य दायित्वबापतको भुक्तानी गर्ने, देशभित्र रकम स्थानान्तरण गर्ने तथा डिजिटल माध्यमबाट विभिन्न आर्थिक कारोबार सञ्चालन गर्ने कार्यहरू पर्दछन्।

त्यसैगरी, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ)हरूले भुक्तानी संरचना सञ्चालनमा मुख्य भूमिका खेल्छन्। उनीहरूले समाशोधन गृह सञ्चालन गर्ने, विद्युतीय कार्ड प्रणाली तथा अन्य अनलाइन भुक्तानी सञ्जाल व्यवस्थापन गर्ने, साथै भुक्तानीसम्बन्धी कारोबारको प्रशोधन र समाशोधनको जिम्मेवारी वहन गर्छन्।

हालसम्म नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त गरी २१ वटा भुक्तानी सेवा प्रदायक र ८ वटा भुक्तानी प्रणाली सञ्चालक सक्रिय रूपमा सञ्चालनमा रहेको केन्द्रीय बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?