National life

मुद्दती निक्षेपमा ४ अर्ब करोड लगानी गर्दै राष्ट्र बैंक, कुन वर्गको बैंकमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
1.2kShares
मुद्दती निक्षेपमा ४ अर्ब करोड लगानी गर्दै राष्ट्र बैंक, कुन वर्गको बैंकमा कति ?
ncell

काठमाडौँ ।  बैंकहरुको मुद्दती निक्षेपमा नेपाल राष्ट्र बैंकले ४ अर्ब करोड लगानी गर्ने जनाएको छ । केन्द्रीय बैंकले आज सोमबार एक सूचना जारी गर्दै बैंकहरुमा उक्त रकम लगानी गर्ने उल्लेख गरेको छ ।

केन्द्रीय बैंकले बैंकहरुको विभिन्न पेन्सन कोषमा रहेको ४ अर्ब ४ करोड ७९ करोड रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ३ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ६० करोड ७१ लाख रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा २० करोड २३ लाख रुपैयाँ मुद्दती निक्षेपमा जानकारी गराएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुद्दती निक्षेपका रूपमा लिन चाहने बैंकहरुले मंसिर १९ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दती निक्षेप २०२४ डिसेम्बर १६ देखि २०२५ डिसेम्बर १६ सम्म ३६६ दिनका लागि बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?