National life

विद्युतीय प्रणालीमार्फत जेठ महिनामा मात्रै ५४ खर्ब १४ अर्ब ८२ करोड बराबरको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ असार २०८१, शुक्रबार
881Shares
विद्युतीय प्रणालीमार्फत जेठ महिनामा मात्रै ५४ खर्ब १४ अर्ब ८२ करोड बराबरको कारोबार
ncell

काठमाडौँ। एकै महिनाको अवधिमा विद्युतीय प्रणालीमार्फत ५४ खर्ब १४ अर्ब ८२ करोड बराबरको कारोबार भएको छ।

चालू आर्थिक वर्ष २०८०-८१ को जेठ महिनामा मात्रै विद्युतीय प्रणालीमार्फत १३ करोड १५ लाख ७ हजार ३४० पटक लेनदेन हुँदा ५४ खर्ब १४ अर्ब ८२ करोड ७० लाख बराबरको विद्युतीय प्रणालीमार्फत भएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा सबैभन्दा बढी आरटीजीसी प्रणालीमार्फत कारोबार हुने गर्छ। ‘आरटीजीसी’ प्रणाली ठुलो अथवा अधिकतम रकमको भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जेठ महिनामा सबैभन्दा बढी ‘आरटीजीसी’ प्रणालीमार्फत ३४ खर्ब ६१ अर्ब ५३ करोड ६० लाख रुपैयाँको लेनदेन भएको छ।त्यस्तै, कनेक्ट आईपीएस मार्फत ५ खर्ब ६२ अर्ब ६१ करोड ८० लाख रुपैयाँको लेनदेन भएको छ।

भने, इसीसीमार्फत ५ खर्ब २४ अर्ब ९ करोड ८० लाख रुपैयाँको लेनदेन भएको छ।सबैभन्दा कम प्रिपेड कार्डमार्फत ७० करोड २० लाख रुपैयाँको कारोबार भएको देखिन्छ।

अघिल्लो महिना वैशाखमा मात्रै ५४ खर्ब ४८ अर्ब ४५ करोड २० लाख रुपैयाँ बराबरको विद्युतीय प्रणालीमार्फत कारोबार भएको थियो। नेपालमा आरटीजीसी, वालेट, एटिएम, आईपीएस, मोबाइल बैंकिङ, ईसीसी, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, ब्रान्च लेस बैंकिङ, क्यूआर बेस पेमेन्ट,पीओएस र ई–कमर्स जस्ता विद्युतीय प्रणालीहरूमार्फत कारोबार हुने गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
881SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?