National life

अमेरिकामा ६४ जना यात्रु सवार विमान र सैनिक हेलिकोप्टर ठोक्किए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ माघ २०८१, बिहिबार
784Shares
अमेरिकामा ६४ जना यात्रु सवार विमान र सैनिक हेलिकोप्टर ठोक्किए
ncell

काठमाडौँ । अमेरिकन एयरलाइन्सको विमान आकाशमै एउटा हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको छ ।

६४ जना यात्रु सवार विमान रेगन राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग हावामा ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

हेलिकप्टरमा ३ सैनिक सवार थिए। अहिले फायरबोटले नदीमा विमान खोजिरहेको डीसी फायर एन्ड ईएमएस विभागले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यहाँ कयौँ एम्बुलेन्स र दमकल तैनाथ गरिएको छ।

रेगन राष्ट्रिय विमानस्थलमा सबै उडान र अवतरण रोकिएको छ। विमान र हेलिकप्टरमा सवार यात्रुको अवस्था थाहा हुन सकेको छैन।

वाशिङटन डिसीको रोनल्ड रेगन विमानस्थलको धावनमार्ग ३३ मा अवतरण गर्ने तयारीका क्रममा हेलिकप्टरसँग आकाशमा ठोक्किएको र पोटोम्याक नदीमा खसेको अमेरिकाको संघीय नागरिक उड्डयन निकायले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
784SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?