National life

गठ्ठाघरमा दुर्घटनामा ट्राफिक प्रहरीहरू कमजोरी नभएको छानबिन समितिको निष्कर्ष 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ भदौ २०८१, आइतबार
2.5kShares
गठ्ठाघरमा दुर्घटनामा ट्राफिक प्रहरीहरू कमजोरी नभएको छानबिन समितिको निष्कर्ष 
ncell

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको छानबिन गर्न बनेको छानबिन समितिले ट्राफिक प्रहरीहरूको कारण दुर्घटना नभएको निष्कर्ष निकालेको छ।

गत साउन ३१ गते दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा ३९ प ८९४४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो।

ट्राफिक प्रहरीले लुकेर सवारी चेकिङ गर्दा उक्त घटना घटेको भन्दै प्रदर्शनकारी र प्रहरीबीच झडप नै भएको थियो। त्यसपछि उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा साउन ३२ गते छानबिन समिति बनाएर अनुसन्धान थालेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त समितिले गठ्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीको गल्ती नदेखिएको निष्कर्ष निकालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्व राज खड्काको भनाई छ।

उनले भने,‘लुकेर ट्राफिक प्रहरीले चेकिङ गर्दा दुर्घटना भएको आरोप लगाइयो,यसपछि छानबिन समिति बन्यो तर,समितिले ट्राफिकको गल्ती नभएको प्रतिवेदनमा उल्लेख गरेको छ,ट्रक चालकले पनि त्यहाँ ट्राफिक प्रहरीले रोकेर चेकिङ नगरेको बयान दिएको छ,त्यसैले त्यस घटनामा कुनै ट्राफिक प्रहरीको गल्ती छैन।’

दुर्घटनापछि सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि साउन ३२ गते छानबिन समिति गठन गरेको थियो। ७ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ।

समितिको सदस्यमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था विभाग सवारीचालक अनुमतिपत्र राधेराधे कार्यालयका उत्तम बस्नेत र नागरिक समाजका तर्फबाट मृतकका आफन्त पर्ने तुलसीहरि कोइराला छन्।

 

यो समाचार शेयर गर्नुहोस्
2.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?