National life

मर्जर प्रस्ताव पारित गर्न सप्तकोशी बैंकको साधारण सभा आह्वान

अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्राप्ति गर्ने विकल्पमा अघि बढ्ने निष्कर्ष

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२५ जेठ २०८३, सोमबार
2.7kShares
मर्जर प्रस्ताव पारित गर्न सप्तकोशी बैंकको साधारण सभा आह्वान
ncell

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले मर्जर तथा प्राप्ति (एमएण्डए) प्रक्रियामा प्रवेश गर्ने निर्णय गरेको छ। सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्राप्ति गर्ने विकल्पमा अघि बढ्ने निष्कर्ष निकालेको हो।

यस प्रस्तावलाई स्वीकृत गर्न बैंकले असार १४ गते बिहान ११ बजे मोरङको विराटनगरस्थित होटल रुविजमा १५औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभामा मर्जर तथा प्राप्तिसम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अधिकार दिने प्रस्ताव पेश गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, आवश्यक परे मूल्याङ्कनकर्ता नियुक्त गर्ने, बैंकको सम्पत्ति तथा दायित्वको मूल्य निर्धारण गर्ने लगायतका कार्यका लागि पनि समितिलाई अधिकार दिने योजना रहेको छ।

यसका अतिरिक्त, सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ।

त्यसैगरी, चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

बैंकले मर्जर प्रक्रियामा अघि बढ्दै आफ्नो पूँजी आधार सुदृढ गर्ने र प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य लिएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?