National life

राष्ट्रियस्तरका ८ वटा विकास बैंकको नाफा डेढ अर्ब माथि ,कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
867Shares
राष्ट्रियस्तरका ८ वटा विकास बैंकको नाफा डेढ अर्ब माथि ,कुनको कति ?
ncell

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्म राष्ट्रियस्तरका ८ वटा विकास बैंकले कुल डेढ अर्ब रुपैयाँ भन्दा माथि नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ८ वटा विकास बैंकले कुल १ अर्ब ५४ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। सबैभन्दा बढी नाफा आर्जन गर्नेमा मुक्तिनाथ अग्रस्थानमा रहेको छ। यो बैंकले ३१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी धेरै नाफा कमाउनेमा शाइन रेसुंगा दोस्रो स्थानमा रहेको छ। शाइन रेसुंगाले २५ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गरिमा २४ करोड ४ लाख रुपैयाँ खुद नाफाका साथ तेस्रो स्थानमा रहेको छ।

यो ४ महिनामा लुम्बिनीले १८ करोड १० लाख रुपैयाँ, महालक्ष्मीले १७ करोड १५ लाख रुपैयाँ र कामना सेवाले १७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यसैगरी ज्योतिले ११ करोड २० लाख रुपैयाँ र सांग्रिलाले १० करोड २० लाख रुपैयाँ नाफा कमाएका छन्।

https://aarthikvoice.com/archives/21240

यो समाचार शेयर गर्नुहोस्
867SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?