National life

राष्ट्र बैंकले ६० अर्बको निक्षेप उपकरण बोलकबोलमार्फत जारी गर्दै

बैंक तथा वित्तीय संस्थाका लागि ६० अर्बको बोलकबोल खुला, ब्याजदर प्रतिस्पर्धाबाट तय हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२२ साउन २०८३, शुक्रबार
1.2kShares
राष्ट्र बैंकले ६० अर्बको निक्षेप उपकरण बोलकबोलमार्फत जारी गर्दै
ncell

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक ले रु ६० अर्ब बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत जारी गर्ने भएको छ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३१ दिन अवधिको उक्त उपकरणका लागि आज बोलकबोल आह्वान गरेको हो। सूचनाअनुसार सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।

बोलकबोलबाट निर्धारण हुने ब्याजदरकै आधारमा निक्षेप सङ्कलन गरिनेछ र यसको साँवा तथा ब्याज भुक्तानी भदौ २२ गते गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
न्यूनतम रु १० करोडदेखि अधिकतम सोही परिमाणका गुणांकमा कुल रकमसम्म बोल गर्न सकिने व्यवस्था छ।

बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ भने समान दरमा बढी माग भएमा अनुपातिक रूपमा वितरण गरिनेछ। स्वीकृत रकम सम्बन्धित संस्थाको राष्ट्र बैंकस्थित खाताबाट काटिनेछ र छुट्टै खातामा जम्मा गरिनेछ।

निक्षेप रकम भुक्तानी मितिमा ब्याजसहित फिर्ता गरिने भए पनि यसलाई लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन। यद्यपि एसएलआर तथा तरलता अनुपातमा भने समावेश गर्न सकिनेछ। साथै, उक्त रकम समयअगावै फिर्ता लिन नपाइने प्रावधान राखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?