काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुल ९ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाको असोज १२ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावअनुसार सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।
संस्थाले हाल कायम चुक्तापुँजीको ६ प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समेटेर चुक्तापुँजीको ३ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिनेछ । साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।
































