काठमाडौं । गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले गर्न लागेको प्रदर्शनमा ४ जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
मोर्चामा आवद्ध दलका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपाका प्रमुख नेताहरू क्रमशः पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महिन्द्र राय यादले ले भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्ने भएका छन् ।
मोर्चाले उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सुरु गरेको छ । जुलस काठमाडौंको भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ ।
भृकुटीमण्डपमा सभाका लागि मञ्च तयार भइसकेको छ।
































