काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार विपद्को घडीमा चुकेको निष्कर्ष निकालेको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले दुई दिन आएको विपत्तीले दुई तिहाइ सरकारको औकात देखाईदिएको बताए ।
‘गठबन्धनले संवेदनशीलता देखाएन । हामीले यो सरकारको असक्षमता र अकर्मण्यता देख्यौं । मोबाइलको रिङ टोन बजाउँदैमा राज्यसंयन्त्रको जिम्मेवारी पूरा हुँदैन । जोखिम हुनेछ भन्ने आँकलन पहिल्यै थियो । तर, राजनीतिक टिप्पणी गर्नुपर्दा दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखायो’ उनले भने ।