National life

एनआईसी एशिया क्यापिटल र नेसनल सोलार पावर कम्पनीबीच ‘आइडिया टु आईपीओ’ समझदारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ असोज २०८०, मङ्गलबार
581Shares
एनआईसी एशिया क्यापिटल र नेसनल सोलार पावर कम्पनीबीच ‘आइडिया टु आईपीओ’ समझदारी
ncell

काठमाडाैं । एनआईसी एशिया क्यापिटल र नेसनल सोलार पावर कम्पनी लिमिटेडबीच क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित ‘निष्कासन तथा बिक्री प्रबन्धक’ नियुक्ती गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता भएको छ।

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ। सोही सेवाअन्तर्गत ललितपुरको जावलाखेलमा रजिस्ट्रार कार्यालय रहेको नेसनल सोलार पावर कम्पनीलाई क्यापिटलको ‘आइडियो टु आईपीओ’ सेवाअन्तर्गतको संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवासहित नेसनल सोलार पावर कम्पनीको सर्वसाधारणमा निष्कासन गर्ने प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न एनआई सी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको हो।

नेसनल सोलार पावर कम्पनी सौर्य ऊर्जामार्फत ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल कम्पनीले नवलपरासीको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत १ वर्षदेखि सञ्चालन गरिरहेको छ। कम्पनीले रु..१०० अंकित दरका ७ लाख २४ हजार कित्ताभन्दा बढी साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना रहेको छ।

यसका साथै कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना सञ्चालन गर्नकालागि आवश्यक सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पुर्याएको छ।

यसका साथै क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवासम्बन्धी थप जानकारीका लागि मर्चेन्ट बैंकिङ प्रमुख दामोदर रायमाझी मोबाइल नं. ९८५११८४९७९ वा ई–मेल ठेगाना ideatoipo@nicasiacapital.com मा सोझै सम्र्पक गर्न सकिने जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?