National life

बेलायतमा नेपालीको सुनचादीँ गहना पसल सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ माघ २०८१, मङ्गलबार
803Shares
बेलायतमा नेपालीको सुनचादीँ गहना पसल सञ्चालनमा
ncell

काठमाडौं । बेलायतमा नेपालीहरुको सबैभन्दा सघन बसोबास भएको शहर अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामको सुनचादीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबमस गर्न थालेका गायक श्याम सामसोहाङ राईले अर्का गायिका जानुका राईसंग मिलेर उक्त ब्यबसाय शुरु गरेका हुन् ।

बेलायत स्थित अल्डरशटमा हिजो नेपालिज ज्वैलरी एसोशियसनका अध्यक्ष तथा आदिबासी जनजाती महासंघका पनि अध्यक्ष मेजर रिटायर्ड योगेश कोयी राईको प्रमुख आतिथ्यमा ह्याप्शायर काउण्टीका काउन्सिलर बिल ओ डोनाभान तथा चर्चित नायिका तथा नाटयकर्मी सिर्जना सुब्बाले संयुक्त रुपमा उत्घाटन गरेका छन् ।

लण्डनदेखि नजिकै रहेको अल्डरशट बसोबासको लागि मात्र नभई नेपालीहरुका लागि ब्यपारिक केन्द्रको रुपमा समेत बिकास हुदै गइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपालीहरुले दर्जनौ रेष्टुरेण्टदेखि किराना पसलहरु खोलेका छन् । यहाँ करिब एक दर्जन सुनचाँदीका पसलहरु संचालनमा रहेका छन् ।

नेपालीहरु पहिल्यदैखि सुनचाँदीका गहनामा सौखिन रहेका र शुरक्षित लगानीको रुपमा समेत नेपालीहरुले सुन किन्न थालेकाले सुन ब्यबसायमा आफुहरु आकर्षित भएको गायक श्यामले बताए । सुम्निमा ज्वैलरी एण्ड कलेकशनमा सुनचाँदीका अलावा बिभिन्न जातजातीका पोशाकदेखि हस्तकलाका सामाग्रीहरु समेत बेच्न राखिएको गायिका जानुका राईले बताइन । ‘’हाम्रो पसलमा सुनचाँदी बाहेक हस्तकालाका साथमा नेपालीहरुको शान खुकरी, सबै जातजातीका पोशाक, उनीहरुको साँस्कृतिक बाजा लगायत बिभिन्न शोभनिरका सामाग्रीहरु सुफत मुल्यमा बेच्न राखेका छौ ।

यहाँ पसलमा आएर तपाईहरुले छानी छानी किन्न सक्नु हुन्छ भने अनलाइन मार्फत बिश्वभरी डेलिभरीको ब्यबस्था समेत गरेका छौ’’ जानुकाले थपिन् । गायिका जानुका राई मुन्दुमी गायिकाको रुपमा चर्चित छन् भने उनले नेपाली कथानक चलचित्र बिनायोमा समेत पाश्र्व गायन गरी गरिसकेका छन् ।

गायक श्यामले भने “आफुहरु नेपालमा पनि ब्यबसायको थोरबहुत अनुभब लिएर आएको हुदा नयाँ ठाउँमा नयाँ ब्यबसाय शुरु गर्न त्यति धेरै चुनौती छैन । अलिकति लगानी ठुलो भएकोले त्यही अनुसारको आक्रमक ब्यापारको रणनीति अपनाएर अगाडी बढ्नेछौ ।” गायक श्यामका मुर्चुङगामा रोए म साराङगीमा रेटिए, मैच्याङ हौ मैच्याङ हौ लगायतका गीतहरु लोपप्रिय छन् । पछिल्लो समय मुन्दुम ट्रेलका प्रबद्र्धकका रुपमा समेत चर्चा कमाएका उनल।‘मुन्दुम ट्रेल’ नामक संस्मरणात्मक पुस्तक गत बर्ष सार्बजनिक भएको थियो

यो समाचार शेयर गर्नुहोस्
803SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?