काठमाडौं । नेपाली बजारमा सुनको भाउ पुनः ऐतिहासिक बिन्दुमा पुगेको छ । आज बुधवारका दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको हो । तिहारको समयमा सुन र चाँदीको खरिद बिक्री बढ्ने गर्दछ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
उक्त मूल्य नै हालसम्मकै उच्च हो ।
https://aarthikvoice.com/archives/46628
यस दिन चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १२० रुपैयाँ खरिदबिक्री भएको छ । मंगलबार बजारमा चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


































