National life

११ विकास बैंकले नाफा आर्जन गर्दा ६ वटा बैंक घाटामा: यी हुन धेरै कमाउने र गुमाउने बैंकहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ असोज २०८१, मङ्गलबार
803Shares
११ विकास बैंकले नाफा आर्जन गर्दा ६ वटा बैंक घाटामा: यी हुन धेरै कमाउने र गुमाउने बैंकहरु
ncell

काठमाडौँ ।   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा १७ वटा विकास बैंकहरुले ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विकास बैंकहरुले ८५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकअनुसार ६ वटा विकास बैंक घाटामा रहेको र ११ विकास बैंक नाफामा रहेको उल्लेख गरेको छ।

साउन महिनामा धेरै नाफा आर्जन गर्ने बैंकमध्येमा अग्रस्थानमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त बैंकले २० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। त्यस्तै धेरै नाफा कमाउनेको दोस्रो सूचीमा मुक्तिनाथ विकास बैंक रहेको छ ।  बैंकले उक्त अवधिमा १६ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

यसैगरी क्रमशः महालक्ष्मी विकास बैंकले १० करोड ५७ लाख, गरिमा विकास बैंकले ९ करोड ४६ लाख र कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । साथै उक्त अवधिमा ज्योति विकास बैंकले ८ करोड ३७ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले, ६ करोड ८१ लाख, र लुम्बिनी विकास बैंकले ३ करोड ६३ लाख नाफा आर्जन गरेका छन् ।

राष्ट्रबैैंकको तथ्याकं अनुसार सिन्धु विकास बैंकले ३१ लाख, सलपा विकास बैंकले २९ र कर्पोरेट डेभलपमेन्टले १६ लाख नाफा आर्जन गरेका छन् । साथै, सोही ससय अवधिमा सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकले घाटा बेहोरेको छ । बैंकले ६ करोड ३७ लाख रुपैयाँ घाटा बेहोरेको हो ।

क्रमशः ग्रिन डेभलपमेन्ट बैंकले ८६ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ५४ लाख, नारायणी डेभलपमेन्ट बैंकले ५१ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ४८ र मितेरी डेभलपमेन्ट बैंकले २२ लाख रुपैयाँ घाटा ब्यहोरेको राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्याकंमा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
803SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?