National life

दलित समुदायबाट विद्यावारिधि गर्नेलाई समता फाउण्डेशनद्वारा सम्मान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ कात्तिक २०८१, शुक्रबार
511Shares
दलित समुदायबाट विद्यावारिधि गर्नेलाई समता फाउण्डेशनद्वारा सम्मान
ncell

काठमाडौँ । विभिन्न समयमा दलित समुदायबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने व्यक्तित्व सम्मानित भएका छन्।

समता फाउण्डेशनद्वारा आयोजित एक कार्यक्रममा सम्मानित उनीहरूलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा डा.मदनप्रसाद परियार, डा.चेतबहादुर परियार, डा.द्रोण रसाइली, डा.विष्णु परियार, डा.पूर्णबहादुर नेपाली, डा.इन्दिरा सुन्दास, डा. मानबहादुर विक, डा.रविना जी रसाइली, डा.विष्णुमाया परियार, डा.गङ्गाराम विश्वकर्मा, डा.श्याम परियार, डा.यामबहादुर किसान, डा.आइत विश्वकर्मा, डा. अमित परियार, डा.बुद्धि नेपाली, डा.रमेश सुनाम, डा.मित्र परियार, डा निर्मल कुमार विश्वकर्मा र डा.शेखर परियार छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, डा.कृपाराम विश्वकर्मा, डा.मोम विश्वकर्मा, डा.रमेश परियार, डा.दिनेश हरिजन, डा.रत्नबहादुर वाग्चन, डा.श्यालाल मगराती, डा.अमरबहादुर विक, डा.नन्दलाल दर्नाल, डा.यामबहादुर विक र डा.पूर्णबहादुर विश्वकर्मा सम्मानित भएका हुन्।

nic asia capital

कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विक, फाउण्डेशनका अध्यक्ष डा मदनप्रसाद र पूर्व राजदूत पदम सुन्दासले संयुक्त रूपमा विद्यावारिधि गरेका उनीहरू सहित वरिष्ठ अधिवक्ता नारायण नेपाललाई सम्मान गरेका हुन्। सोही अवसरमा राज्यमन्त्री विकले संविधानमा उल्लेखित दलित अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सबैले आफ्नो क्षेत्रबाट आवाज उठान गर्नुपर्ने बताएका छन् ।

फाउण्डेशनका अध्यक्ष मदनप्रसादले दलित समुदायका नयाँ पुस्तालाई प्रेरणा होस् भन्ने उद्देश्यले दलित समुदायबाट विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्तित्वलाई फाउण्डेशनले सम्मान गरेको बताउँदै दलित समुदायको हक हिटको निमित्त काम गर्न समेत आग्रह गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?