National life

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा माग गरेभन्दा १८ गुणा बढी आवेदन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ असार २०८०, मङ्गलबार
805Shares
अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा माग गरेभन्दा १८ गुणा बढी आवेदन
ncell

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा लगानीकर्ताहरुको तीब्र आकर्षण देखिएको छ । मंगलबार साझसम्ममा कम्पनीको आईपीओ खरिदका लागि कूल ९९ करोड ४५ लाख ६६ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

९ लाख ६ हजार १०८ जनाले कूल ९९ लाख ४५ हजार ६६० कित्ताका लागि आवेदन दिएकाे नेपाल क्लिएरिङ हाउस सीडीएसले जानकारी दिएको छ । यो कम्पनीले सर्वसाधारसँग माग गरेभन्दा १८.४३ गुणा बढी आवेदन हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield



कम्पनीले असार १० गतेदेखि ६ करोड ५० हजार रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता सेयर आईपीओ बिक्रीमा ल्याएको छ । जसमध्ये १० प्रतिशत अर्थात ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । बाँकी रहेको मध्ये ५ प्रतिशत अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर कम्पनीले ५ लाख ३९ हजार ५ सय कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको छ ।



असार १० गतेदेखि बिक्री खुल्ला गरिएको कम्पनीको आईपीओमा सर्वसाधारणले असार १३ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
805SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?