National life

मिड सोलु हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख बढीको आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
556Shares
मिड सोलु हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख बढीको आवेदन
ncell

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख ५४ हजार ८४६ आवेदनकर्ताले एक करोड ५१ लाख २२ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन् । उक्त आवेदनबाट कम्पनीले एक अर्ब ५१ करोड २२ लाख २५ हजार रूपैयाँ संकलन गरेको छ ।

कम्पनीले ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयरका लागि आवेदन माग गरेको थियो । अन्तिम दिनसम्मको तथ्यांक अनुसार यो माग भन्दा २४.३४ गुणा बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बरारको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?